इस्लामपुर सुपर स्पेशियलिटी अस्पतालमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन

इस्लामपुर: इस्लामपुर नगरपालिकाको नगर प्रशासक कन्हैया लाल अग्रवालले इस्लामपुर सुपर स्पेशियलिटी अस्पतालमा नवनिर्मित अक्सिजन जनरेटर प्लान्टको विधिवत् उद्घाटन गरे। यस उद्घाटनको अवसरमा उत्तर दिनाजपुर जिल्लाका सीएमओएच कार्तिक चन्द्र मण्डल, महकुमाशासक सप्तर्षि नाग, इस्लामपुर महकमा अस्पतालका अधीक्षक सूरज सिन्हा लगायत सुपर स्पेशियलिटी अस्पतालका विभिन्न अधिकारी तथा कर्मचारीहरू उपस्थित थिए। कन्हैयालाल अग्रवालले यस अवसरमा बताए अनुसार अक्सिजन प्लान्टको उद्घाटनले इस्लामपुर सुपर स्पेशियलिटी अस्पतालको धेरै समस्याको समाधान हुनेछ। यसवाहेक अन्य समस्याहरूको पनि अब चाँडै समधान गर्नको लागि सीएमओएच-सित कुराकानी गर्नेछौ। यसैगरी, उत्तर दिनाजपुर जिल्लाका सीएमओएच कार्तिक चन्द्र मण्डलले भने, उत्तर दिनाजपुर जिल्लामा अक्सिजनको कुनै कमी छैन्। तथापि हामी कोरोनाको तेस्रो लहरलाई रोक्नको लागि तयार छौ, यसैले यो पहल गरिएको हो। यसले मानिसहरूलाई धेरै पाइदा पुग्नेछ। महकुमा शासक सप्तर्षि नागले बताए अनुसार यो अक्सिजन प्लान्टले प्रतिदिन 100 अक्सिजन सिलेन्डर भर्ने क्षमता राख्दछ। यसले गर्दा बिरामीहरूलाई धेरै सुविधा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *