ईस्टन बाइपास सडकको अवस्थामा बेहाल, अनियन्त्रित भएर पल्टियो ट्रक

सिलगढी :  सिलगढी ईस्टन बाइपास धेरै दिनदेखि बेहाल अवस्थामा रहेको छ। सडकको विभिन्न ठाउँमा ठुल्ठुला खाल्डो भएकोले गर्दा वर्षाको समयमा यहाँ पानी जम्ने गर्दछ। उक्त सडकको अवस्थामा खराब रहेकोले गर्दा प्रायजसो दुर्घटना घट्ने गरेको बताइएको छ। यसै क्रममा आज आसिघर मोडदेखि केही पर एउटा कागज बोकेको ट्रक अनियन्त्रित भएर पल्टियो। उक्त ट्रकको चालकले बताएअनुसार वर्षाको कारण सडकमा भएको खाल्डोमा पानी जमेकोले गर्दा ट्रक अनियन्त्रित भएर पल्टिएको हो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे। बाइपासको बेहाल अवस्थाले गर्दा यहाँ प्रायजसो दुर्घटना हुने गरेकोले गर्दा स्थानीय मानिसहरूले चाँडै उक्त सडक मरमति गरिदिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *