स्थानीय प्रार्थी खडा गर्ने मागमा सिलगढीको 18 नम्बर वार्डका मानिसहरूद्वारा र्‍याली तथा विक्षोभ

सिलगढी :  नगरनिगम चुनाउमा बाहिरका प्रार्थी नभएर स्थानीय प्रार्थी खडा गर्नुपर्ने मागमा आज सिलगढीको 18 नम्बर वार्डका मानिसहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसको साथै विक्षोभकारीहरूले टायर जलाएर विरोध प्रदर्शन गरे। स्मरण रहोस्, गत बिहिबार तृणमूल कङ्ग्रेसले प्रार्थीहरूको सूची जारी गर्यो। उक्त सूचीमा पूर्व काउन्सिलर निखिल साहनीको नाम उल्लेख नगरेकोले गर्दा निखिल साहनी र वार्डका नागरिकहरूले पार्टीको उक्त निर्णयको विरोध जनाए। 


यसपछि आज फेरि उक्त वार्डका धेरैजना मानिसहरूले एउटा र्‍याली निकाल्नको साथै पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यदि पार्टीले निखिल साहनीलाई टिकट नदिएको खण्डमा तिनले निर्दलीय प्रार्थीको रूपमा नगरनिगम चुनाउ लड्ने विक्षोभकारीहरूले चेताउनी दिएका छन्। केही समयसम्म विरोध प्रदर्शन गरेपछि प्रदर्शनकारीहरूले पार्टीको उच्च अधिकारीहरूको निर्देशमा उक्त पथ अवरोध हटाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *