स्थानीय युवकहरूको पहलमा सडकको मरमति

राजगञ्ज : राजगञ्ज ब्लकको साहुडाङ्गीदेखि गन्डारमोडतर्फ जाने राष्ट्रिय राजमार्गको बलराम इलाकाको सडकको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डो भएको छ। यसैले आज बलराम इलाकाका बीएसके क्लबका सदस्यहरूले उक्त सडकमा रहेको खाल्डोहरू पुर्ने कार्य गरेको बताइएको छ। उक्त क्लबका सदस्य मोकसेद आलमले बताएअनुसार वर्षाले गर्दा बलराम इलाकाको सडकमा ठाउँ-ठाउँमा खाल्डो भएकोले यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। सडकको अवस्थाबारे सम्बन्धित विभाग लगायत विभिन्न ठाउँमा अवगत गराए तापनि कुनै फाइदा नभएकोले आज क्लबका सदस्यहरूले केही चन्दा संग्रह गरेर उक्त सडकको मरमति गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *