स्थापना दिवसको अवसरमा असहाय परिवारको सहयोगको लागि अघि आयो बिन्नाबारी युवा तृणमूल कङ्ग्रेस

खोरीबारी : तृणमूल कङ्ग्रेसको स्थापना दिवसको अवसरमा खोरीबारी ब्लकको बिन्नाबारी युवा तृणमूल कङ्ग्रेस असहाय परिवारको सहयोगको लागि अघि आएको छ। खोरीबारीको खोपालासी गाउँ निवासी सबिता बर्मनको घरमा धेरै दिन अघिदेखि विद्युत सर्वराह विच्छिन्न भएको खबर पाएपछि युवा तृणमूल कङ्ग्रेसले उक्त घरमा विद्युतको व्यवस्था गरिदिएको बताइएको छ। यस विषयमा युवा तृणमूल कङ्ग्रेस सभापति किशोरी मोहन सिंहले भने, खोपालासीमा वृद्धा महिला धेरै दिन अघिदेखि अँध्यारोमा जीवन बिताउँदै आइरहेको आफूहरूले खबर पाएपछि विद्युत व्यवस्था गरिदिएको हो। यस अवसरमा खोरीबारी युवा सभापति किशोरी मोहन सिंह, राजु शाह, अशित सिंह, जालिया चन्द लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.