स्थापना दिवसको अवसरमा एनएचपीसी-द्वारा रक्तदान शिविरको आयोजना

मङपु : टिस्टा जल विद्युत परियोजना  चरण 3 एनएचपीसीको आयोजनामा आज 46औँ स्थापना दिवस पालन गरियो। स्थापना दिवसको अवसरमा एनएचपीसी चरण तीनमा रक्तदान शिविरको आयोजना गरियो भने शिविरको उद्घाटन समारोहका प्रमुख अतिथि मुख्य अभियन्त प्रभारी एके ग्रोबरको बाहुलीबाट गरियो। यस अवसरमा एनएचपीसीका सम्पूर्ण कर्मचारीहरू, अधिकारीगण, सीआईएसएफ-का जवान अनि केन्द्रिय विद्यालयका कर्मचारीगणले स्वेच्छाले रक्तदान गरे।


प्रमुख  अतिथि एके ग्रोबरले 46औँ स्थापना दिवसको सबैलाई शुभकामना दिनको साथै रक्तदान गर्ने सबैप्रति आभार व्यक्त गरे। यसैगरी, समारोहका विशिष्ट अतिथि एनएचपीसीका महाप्रबन्धक ससधर दासले उपस्थित सबैलाई स्थापना दिवसको शुभकामना दिए। यस अवसरमा एनएचपीसी अधिकारीहरूले आज रुखको विरुवाहरू रोपे। एनएचपीसीले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न रङ्गारङ कार्यक्रमको आयोजना गर्ने गरे तापनि यस वर्ष कोरोना महामारीले गर्दा रक्तदान शिविर तथा वृक्षरोपण कार्यक्रम मात्र गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *