स्थायीकरणको मागलाई लिएर उत्तरबंग मेडिकल कलेजका अस्थायी कर्मचारीहरूको हड़ताल शुरू

सिलगढी : वेतन वृद्धि, स्थायीकरण लगायत अन्य मागहरूलाई लिएर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अस्थायी कर्मचारीहरूले आजदेखि तीन दिवसीय साङ्केतिक भोक हड़ताल शुरू गरेको छ। हडतालमा बस्ने अस्थायी कर्मचारीहरूले दिएको जानकारीअनुसार आजदेखि शुरू गरेको साङ्केतिक भोक हड़ताल आउँदो 14 अक्टोबरसम्म जारी रहनेछ। यदि आफूहरूको स्थायीकरण, वेतन वृद्धि लगायत अन्य मागहरू पुरा नगरे संगठनको तर्फबाट हड़ताललाई अझ कठोर रूपमा पालन गर्ने चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *