इभान फाउण्डेशनद्वारा खरसाङ शहरमा सफाई कार्य

खरसाङ : खरसाङको एउटा गैर सरकारी संस्था इभान फाउण्डेशन्द्वारा खरसाङ शहरका विभिन्न क्षेत्रहरूमा सफाई कार्य सम्पन्न गऱ्यो। तिनीहरूले खरसाङ शहरको चारवटा डस्टबीनलाई सफा गरेर त्यसमा खुबै कलात्मक ढंगले रंग-पचेरा गर्ने कार्य गरे। फाउण्डेशनका सभापति एवम् संस्थापक प्रशान्त शर्माले बताए अनुसार तिनीहरू यस क्षेत्रमा एउटा उदाहरणीय बन्न चाहन्छन्, केही नयाँ चीज गर्न चाहन्छ। त्यसैले यसपल्ट तिनीहरूले डस्टबीनहरूको सुन्दरीकरण गर्ने कार्य गरे। तिनले बताए अनुसार मैलाहरू हामी जताभावी फ्याँक्ने गर्छौं, डस्टबीनभित्र नफ्याँकेर बाहिर फ्याँक्छौँ तर ती फ्याँकिएका मैलाहरू बाँदरहरूले जताततै छरीदिन्छन् जसले गर्दा क्षेत्रमा दुर्गन्ध फैलिने गर्छ। त्यसर्थ ती मैलाहरूलाई हामीले डस्टबीनमा नै हाल्नु पर्छ। फाउण्डेशनद्वारा गरिएको यस कार्यमा विशेष गरेर अराइकल भोलेन्टियरका प्रशान्त प्रधान अनि खरसाङ नगरपालिका सेनेटेरी इञ्चार्ज तथा नगर पार्षद श्याम शेर्पाले सहयोग प्रदान गरेका थिए। फाउण्डेशनको कार्यको प्रशंसा गर्दै हाम्रो ठाउँलाई हामीले नै माया गर्नुपर्छ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *