जाबराभिटा अन्डरपासमा लरी र टोटो ठोक्किँदा एकजना घाइते

सिलगढी : जाबराभिटा अन्डरपासमा लरी र टोटो आपस्तमा ठोक्किँदा टोटो चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत राति एउटा सिमेन्ट बोकेको लरी एनजेपीबाट ईस्टर्न बाइपासतर्फ गइरहेको समय जाबराभिटा अन्डरपासमा उक्त लरीले एउटा स्कुटीलाई धक्का दिएपछि टोटोसित सोझै ठोक्किँदा टोटो चालक घाइते भएको बताइएको छ। घटनापछि चालकलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा पठाइएको छ। यसपछि लरी घटनास्थलबाट भागे तापनि केही पर पुगेपछि स्थानीय मानिसहरूको सहयोगमा उक्त लरीलाई पक्रेर घटनाबारे पुलिसलाई खबर गराइयो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर चालक सहित लरीलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लगियो। स्थानीय मानिसहरूको भनाइ अनुसार उक्त लरीको चालक मदपान गरेको अवस्थामा रहेकोले गर्दा नै उक्त दुर्घटना भएको हो। अन्डरपासको मेनहोलको ढकनी खुल्ला रहेकोले गर्दा नै वान वे भएर वाहनहरू चलाचल गर्ने गर्दछ। दिनको समयमा जाबराभिटा अन्डरपासमा पुलिसले नजर राखे तापनि रातिको समय उक्त सडकमा नजर नराख्ने भएकोले गर्दा यहाँ प्रत्येक दिन सानो-ठुलो दुर्घटना हुने गरेकोले गर्दा उक्त सडक भएर आवत जावत गर्ने मानिसहरू निक्कै समस्या हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes