जाबराभिटा भीआईपी रोडमा ट्रकहरूको चलाचल बन्द गरिनुपर्ने मागमा विद्यार्थीहरूद्वारा पथ अवरोध

सिलगढी: केही दिन अघि स्कुल गइरहेको समय जाबराभिटा भीआईपी रोडमा सडक दुर्घटनामा परेर 8 वर्षीय छात्र अङ्कित रायको मृत्यु भएपछि उक्त सडक भएर एफसीआई र आईओसी ट्रकको चलाचल बन्द गर्नुपर्ने मागमा विभिन्न स्कुलका विद्यार्थीहरूले पथ अवरोध गरेका थिए। यसै क्रममा आज पनि विद्यार्थीहरूले बारीभाषा ठ्याङभाङ्गा मोडबाट एउटा र्‍याली निकालेर भीआईपी रोड परिक्रमा गरेपछि जाबराभिटा हनुमान मन्दिर अघि पथ अवरोध गरे। यस अवधि विद्यार्थीहरूले हातमा प्ला कार्ड बोकेर एफसीआई र आईओसी ट्रकको चलाचल बन्द गरिनुपर्ने माग गरे। प्रदर्शनकारी विद्यार्थीहरूको माग अनुसार स्कुल जाने समय बिहान 9 बजीदेखि 11 बजीसम्म अनि स्कुल छुट्टी हुने समय साँझ 3 देखि 5 बजीसम्म भीआईपी रोड भएर माल वाहक वाहनहरूको चलाचल बन्द गरियोस्। घटनाको खबर पाएर एनजेपी थाना पुलिस लगायत ट्राफिक गार्डका अधिकारीहरू घटनास्थलमा पुगेर आश्वासन दिएपछि विद्यार्थीहरूले पथ अवरोध हटाए। माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने विद्यार्थीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *