जाबरा र तिरहाना चियाकमानमा तृणमूलको गेट मीटिङ

नक्सलबारी: चिया श्रमिकहरूको हितमा विभिन्न मागहरूलाई लिएर तृणमूल चिया बगान श्रमिक युनियनको तर्फबाट जाबरा अनि तिरहाना डिभिजनमा आज गेट मीटिङको आयोजना गरियो। यस अवसरमा रञ्जन बराईक, फूलचन्द कुम्हार, रमेश नाईक, रोशन किशन, देवकुमार किशन, कालु चिक बराईक लगायत धेरै संख्यामा चिया श्रमिकहरू उपस्थित थिए। गेट मीटिङको माध्यम वक्ताहरूले चिया श्रमिकहरूको हाजिरा वृद्धि गरिनु पर्ने, क्वार्टरको मरमति, पीएफ राशि चाँडै जमा गरिनु पर्ने सहित अन्य विविध माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *