जाबराभिटा अन्डरपासमा ट्रकको धक्काले महिला गम्भीर घाइते

सिलगढी (निसं): जाबराभिटा अन्डरपासमा ट्रकको धक्काले अन्ना दास नाम गरेको एकजना महिला गम्भीर घाइते भएका छन्। तिनी ठाकुरनगरको कृष्णानगर इलाका निवासी हुन्। आज बिहान अन्ना दास बजारबाट सामान किनेर साइकलमा घर फर्कीरहेको समय जाबराभिटा अन्डरपासमा ट्रकले धक्का दिँदा लडेर तिनी गम्भीर घाइते भइन्। यसपछि स्थानीय मानिसहरूले तिनलाई घटनास्थलबाट उद्धार गरेर तत्कालै सिलगढी जिल्ला अस्पतालमा लगे। अर्कोतिर, आक्रोशित भीड़ले ट्रकलाई नियन्त्रणमा ल्याएर चालकलाई सामुहिक कुटपिट गरे।  घटनाको जानकारी पाउन साथ एनजेपी पुलिस घटनास्थलमा पुगेर हस्तक्षेप गर्नको साथै स्थितिलाई नियन्त्रणमा ल्याए। स्मरण रहोस, केही दिन अघि मात्र जाबराभिटा इलाकामा ट्रकको चपेटमा परेर एक जना स्कूले विद्यार्थीको मृत्यु भएको थियो। स्थानीय मानिसहरूले सडकको जर्जर हालत अनि पुलिसको भूमिकालाई लिएर क्षोभ प्रकट गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *