जगनाथ रथ यात्रा निकालिइयो खरसाङमा

खरसाङ : जगनाथ रथ यात्रा आज खरसाङमा पनि निकालिइयो। अखण्ड हरि कीर्तन समिति खरसाङको आयोजनामा निकालिएको जगनाथ रथ यात्राले आज खरसाङ बजार परिक्रमा गऱ्यो। खरसाङको नयाँ बजारमा रहेको जगनाथको मन्दिरबाट उक्त रथ यात्रा शुरू भएर बजार परिक्रमा गरियो। खरसाङ बजारमा प्रत्येक वर्ष जगनाथ रथ यात्रा पालन गर्ने गरिन्छ तर यसपाली कोरोना महामारी गर्दा समितिका भक्तहरूको उपस्थितिमा कोरोनाको नियमलाई पालन गर्दै निकालिइएको बताइएको छ। यस विषयमा रमेश प्रसादले पत्रकारहरूलाई जानकारी दिँदै अखण्ड हरि कीर्तन समिति खरसाङको आयोजनामा आजको जगनाथ रथ निकालिएको बताए। तिनले अरु दिन भगवान जगनाथलाई मन्दिरमा पूजा गरिन्छ र आज एक दिन सबै भक्तहरूको ठाउँ, बजार र घर-घर आएर आशीर्वाद दिने गरेको पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *