जागृति चिल्ड्रेन क्लब नागरी फार्मद्वारा राखियो डस्बिन

सुकेपोखरी : अनुज्ञालय डीएसएसएस दार्जिलिङ पोख्रेबुङ युनिट अन्तर्गत पर्ने जागृति चिल्ड्रेन क्लब नागरी फार्मद्वारा स्वच्छ भारत मिसनलाई ध्यानमा राख्दै क्षेत्रको एकाधिक सार्वजनिक स्थलहरूमा आज डस्टबिन राखिएको छ। क्लब सभापति नित्यम शर्मा, सचिवा श्रेयाञ्जलि प्रधान, कोषाध्यक्ष नियति शर्मा तथा अन्यले स्वच्छ एवम् स्वस्थ्य समाज निमार्णको सन्देश लेखिएको डस्बिनहरू क्षेत्रको ठाउँ-ठाउँमा राखियो। आफ्नो गाउँ ठाउँ सफा राख्न सकिए प्रत्येक व्यक्ति स्वास्थ्य रहन सकिने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *