जागृति परिवार खरसाङको 48औँ स्थापना दिवस पालन

खरसाङ: जागृति परिवार, खरसाङले परिवारका संस्थापक सदस्य एवम् वरिष्ठ नाटककार पूर्ण गुरूङ निरूपमको अध्यक्षतामा परिवारको निज भवनमा आफ्नो 48औं स्थापना दिवस साधारण रूपमा पालन गऱ्यो। कलाकी देवी माता शारदेश्वरीको तस्वीरमा अध्यक्ष, कोषाध्यक्ष गोमा सुब्बा(प्रधान) अनि कार्यकारी सदस्य सविता मंग्रातीको बाहुलीबाट धुपदीप प्रज्ज्वलन गरी खदार्पण गरियो। कार्यक्रममा दिवङ्गत सदस्यहरूका स्मरणमा मौन धारण गरी प्रार्थना गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। अध्यक्ष पूर्ण गुरूङ निरूपमले स्थापना दिवसको शुभ उपलक्ष्यमा उपस्थित-अनुपस्थित सबै सदस्यहरूलाई बधार्ई एवम् शुभकामना व्यक्त गरे। तिनले जागृति परिवारको इतिहासबारे संक्षिप्त रूपमा प्रकाश पार्दै 29 जुलाई 1973 को दिन स्थापित भएको जागृति परिवारले विगतका दिनहरूमा तीन दर्जन जति नाटकहरू मञ्चन गरी भारतीय नेपाली नाट्य जगतमा आफ्नो यश फैलाएर अनेकौं प्रतिभाहरूलाई जन्म दिएको बताए। तिनले वर्तमानमा चलिरहेको कोभिड संक्रमण अनि लकडाउनको कारण स्थापना दिवस भव्य रूपमा पालन गर्न नसकिएको बताउँदै भविष्यमा परिवारको स्थापना दिवस भव्य रूपमा पालन गरिने बताए। कार्यक्रममा सविता मंग्राती, गोमा सुब्बा, दावा लामा, देवेन्द्र गुरूङ (देबु) अनि प्रणाम प्रधानले पनि आ-आफ्नो वक्तव्य राखे। कार्यक्रममा फूर्बा तामाङ र प्रकाश प्रधानको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *