जागरुकता शिविरको आयोजना

कुचबिहार : कुचबिहार जिल्ला प्रशासनको तर्फबाट स्वनिर्भर समूहहरूलाई लिएर जागो सम्पूर्ण योजनाअन्तर्गत जागरुकता शिविरको आयोजना गरियो। कुचबिहारको उत्सव अडिटोरियम हलमा आयोजित यस शिविरको उद्घाटन कुचबिहार जिल्लाशासक पवन कादियानले गरे। यस अवसरमा जिल्ला परिषदका सह सभाधिपति पुष्पिता डाकुआ, अतिरिक्त जिल्ला शासक लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *