जयगाउँबाट नयाँ दुईवटा एनबीएसटीसी बस परिसेवा शुरू

अलिपुरद्वार : एनबीएसटीसीका चेयरम्यान पार्थप्रतीम रायले भुटान सिमान्त जयगाउँबाट दुईवटा एनबीएसटीसी बस परिसेवा शुरू गरेको छ। जयगाउँदेखि कालेबुङ, दार्जिलिङ र मालदासम्म बस परिसेवा चालू थियो भने आजदेखि अझै 2 वटा बस सामेल गरिएको छ। एनबीएसटीसीका चेयरम्यान पार्थप्रतीम रायले बताएअनुसार आजदेखि दुईवटा बस परिसेवा शुरू गरिएको छ।


एउटा बस जयगाउँदेखि अलिपुरद्वार हुँदै कुचबिहार जानेछ भने अर्को बस अलिपुरद्वारबाट जयगाउँ हुँदै सिलगढी अनि सिलगढीबाट जयगाउँ हुँदै अलिपुरद्वार जानेछ। यसको साथै जयगाउँमा चाँडै एनबीएसटीसी-को टिकट काउन्टर शुरू गरेर त्यहाँ दुईजना सुरक्षा कर्मी तैनाथ गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *