जयगाउँ बस टर्मिनसबाट व्यक्तिको शव उद्धार

जयगाउँ: भुटान सिमानाको जयगाउँ बस टर्मिनसबाट एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति शङ्कर दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान बस टर्मिनसका कर्मचारीहरूले व्यक्तिको शव देखेपछि घटनाबारे जयगाउँ थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। बस टर्मिनसको दोस्रो तल्लाबाट झरेर सम्भवतः उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। इलाकाका मानिसहरू तथा परिवारका सदस्यहरूले बताएअनुसार शङ्कर दास टायर व्यवसायी हुन्। तिनले अधिक मदपान गर्ने गर्दथे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *