जयगाउँ खोखला बस्तीमा कोभिड भ्याक्सिन शिविर

जयगाउँ : भारत-भोटाङ सीमा क्षेत्रको जयगाउँ खोखला बस्ती गोबरज्योति खेल मैदानमा कोभिड भ्याक्सिनको पहिलो खोप स्थानीय 214 जनालाई लगाइयो। यसबारे स्थानीय समाजसेवी श्याम राईले जानकारी दिएका छन्। यस टिकाकरण शिविर कार्यक्रमलाई सफलीभूत पार्न जयगाउँ डेभलपमेन्ट अथोरेटी, हाट खोला एसएसबी, जयगाउँ इमिग्रेन्ट वर्कर रेस्क्यु वेलफेयर एसोसिएसन, खोखला बस्ती गोबर ज्योति खेल मैदान कमिटा आदिले विशेष सहयोग पुऱ्याएको थियो। यस्तो कोरोना महामारीको समयमा भ्याक्सिन नपाएर यहाँका सर्वसाधारण पिडित थिए। तर यसरी आफ्नै गाउँमा स्वस्थ विभागका कर्मचारीहरु आएर खोप लगाइदिएकोमा सम्पूर्ण गाउँलेहरुले सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *