जयगाउँमा होटलबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

जयगाउँ : अलिपुरद्वारको जयगाउँको एउटा होटलमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति दार्जिलिङको कलेजभेल्ली निवासी राजा छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजा छेत्री हिजो साँझ जयगाउँ आएका थिए। त्यहाँ तिनले एउटा होटलमा रूम भाडामा लिएका थिए। आज बिहान उक्त होटलका कर्मचारीहरूले तिनको कोठाको दैलो ढकढकाउँदै तिनलाई आवाज दिए तापनि दैलो नखोलेपछि सन्देह लागेर झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा तिनको शव देखे। घटनाबारे जयगाउँ थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *