जयगाउँमा पिस्तोलसहित एकजना पक्राउ

अलिपुरद्वार : जयगाउँ थाना पुलिसले अलिपुरद्वार जिल्लाको भुटान सीमान्त जयगाउँमा आग्नेयास्त्रसहित 1 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार जयगाउँ थाना पुलिसले गोप्य सूचनाको आधारमा जयगाउँ तोर्सा ट्रेनिङ इलाकामा अभियान चलाएर एउटा अटोलाई रोकेर छानबीन गर्दा एउटा 9एमएम पिस्तोल, एउटा म्यागजिन र एउटा जिउँदो कार्तुससहित सहिदुल्ला अनसारीलाई पक्राउ गरेको बताइएको छ।


पुलिस सूत्रले दिएको जानकारीअनुसार सहिदुल्ला अनसारीले उक्त पिस्तोल बिक्री गर्ने उद्देश्य लिएर जयगाउँ लगिरहेको थियो। आरोपी सहिदुल्लालाई आज अलिपुरद्वार अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *