जयगाउँमा शहीद जवानहरूलाई श्रद्धाञ्जलि

जयगाउँ: भारत भुटान सीमान्त शहर जयगाउँमा ट्रक ओनर एसोसिएशनको तर्फबाट गत वर्ष पुलवामामा शहीद भएका 40 जना जवानहरूलाई स्मरण गर्दै आज श्रद्धाञ्जलि अर्पण गरियो। उक्त श्रद्धाञ्जलि सभामा डुवर्स ट्रक ओनर एसोसिएशनका सचिव उत्पल राय, भोजपुरी युवा मञ्चका दिनेश जैसवाल, सत्येन्द्र प्रसाद, बङ्गो समाजका सचिव तापस मुखर्जी, राजु दास आदि अतिथिका रूपमा उपस्थित थिए। जयगाउँ ट्रक ओनर एसोसिएशनका परवेज रायले बताए अनुसार गत वर्ष आजकै दिन अर्थात 14 फरवरी 2019-को दिन पुलवामामा भएको आतङ्की हमलामा 40 जना सीआरपीएफका जवानहरू शहीद भएकोले गर्दा तिनीहरूकै स्मरणमा श्रद्धाञ्जलि अर्पण कार्यक्रमको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *