जयगाउँ थानाका निखोज ट्राफिक एएसआईको मृददेह उद्धार

जयगाउँ : निखोज भएको 4 दिनपछि आज बिहान जयगाउँ थानाका ट्राफिक एएसआई रतनको मृतदेह उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान हाँसीमारा 10 नम्बर बिच चियाकमान अघि एसियन हाईवेको किनारमा झाडीबाट एएआईको मृतदेह उद्धार भएको बताइएको छ। अलिपुरद्वारका पुलिस सुपर भोलानाथ पान्डे घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। ट्राफिक एएसआई रतनको हत्या भएको अथवा दुर्घटनामा मृत्यु भएको भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको बताइएको छ। स्मरण रहोस्, गत बुधबार दिउसो 12 बजी एएसआई हाँसीमारा पुलिस चेकिङ पोइन्ट जाने उद्देश्यले रतन कर जयगाउँ थानाबाट निस्केका थिए। दलसिंहपाडासम्म तिनी बाइकमा सवार भएर गएका थिए भने त्यसपछि तिनको कुनै खोज खबर नपाएको बताइएको छ। पुलिसको तर्फबाट विभिन्न ठाउँमा तिनको खोजी शुरू गर्नको साथै प्रशिक्षण गरिएको हात्तीको सहयोगमा तिनको खोजी गरियो। यसपछि आज बिहान हाँसीमारा 10 नम्बर बिच चियाकमान अघि एसियन हाईवेको किनारमा झाडीबाट तिनको शव उद्धार भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *