जयगाउँमा पिस्तोलसहित एकजना पक्राउ

अलिपुरद्वार : विधानसभा चुनाउ अगावै अलिपुरद्वार जिल्लाको भुटान सिमावर्ती सहर जयगाउँबाट आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एसएसबी 53औँ बटालियनका जवान तथा जयगाउँ पुलिसले गोप्य सूचनाको आधारमा जयगाउँ तोर्षा मोड़ इलाकामा संयुक्त अभियान चलाएर एन्टाली अली नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ।


आरोपीबाट एउटा 9 एमएम पिस्तोल, एउटा म्यागजिन र एउटा जिउँदो कार्तुस उद्धार गरेको छ। आरोपी युवक छिनताई गर्ने उद्देश्य लिएर जयगाउँ आएको जयगाउँ थानाका ओसी अभिषेक भट्टाचार्यले बताए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *