जेलबाट रिहा भएपछि गोरूबथानका युवा मोर्चा संयोजक रमेश राईलाई स्वागत

गोरूबथान: गोजमुमो युवा मोर्चा गोरूबथानका संयोजक रमेश राई जेलबाट रिहा भएपछि भव्य स्वागतको साथमा हिजो तिनलाई आफ्नो घर ल्याइयो| गत गोर्खाल्याण्ड आन्दोलनकालमा भएको केही हिंसात्मक घटनाहरूमा संलग्न रहेको आरोपमा तिनलाई कालेबुङ पुलिसले पक्राउ गरेपछि कालेबुङ संशोधानागरमा थिए। गोजमुमो बिमल खेमाका कालेबुङका नेतृत्वहरूको सहयोगमा जेलबाट जमानतमा रिहा भएपछि हिजो आफ्नो समर्थकहरूको साथमा घर फर्किँदा तिनलाई ठाउँठाउँमा रोकेर पार्टीका समर्थकहरूले खदा माला लगाई दिएर स्वागत जनाए। यसपछि गोरूबथान बिमल समूहले आयोजना गरेको एउटा सभामा पनि तिनलाई स्थानीय पार्टीका नेतृत्वहरू अनि समर्थकहरूले खुशीको साथ स्वागत जनाउँदै खदा लगाइदिनको साथै नाराबाजी पनि गरे। यस अवसरमा स्थानीय गोजमुमोका नेतृत्वहरू चन्द्र योन्जन, सुरेश चौधरी, जीत थापा, अजित रोका, कालेबुङबाट रबि तामाङ, प्रशान्त अधिकारी, अनिल दर्नाल, सामूएल लेप्चा, कृष्ण छेत्री, सुमन थापा, साजन शर्मा, उत्तम छेत्री, अमित थापा, दिवस प्रधान, पश्चिम डुवर्सका को-अर्डिनेटर सौरभ पराजुली, डुवर्सका मुख्य सल्लाहकार सुरज ढकाल, माल ब्लक युवा मोर्चा अध्यक्ष बिजय विश्व लगायत गोरूबथानको विभिन्न शाखाबाट पार्टी समर्थहरूको उपस्थिति रहेको थियो|


Leave a Reply

Your email address will not be published. Required fields are marked *