जैन सोशल वेलफेयर अर्गनाइजेसनको पहलमा कोरोना टीकाकरण शिविर

सिलगढी : जैन सोशल वेलफेयर अर्गनाइजेसनको पहलमा एवम् सिलगढी नगरनिगमको सहयोगमा आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमको 26 नम्बर वार्ड अन्तर्गत पर्ने मिलनपल्लीको एउटा स्कुलमा आयोजना गरिएको उक्त शिविरमा 18 वर्षदेखि माथिकाहरूलाई कोरोना भ्याक्सिन लगाइयो। उक्त शिविरमा मोठ 300 जनालाई कोरोनाको खोप लगाइयो। यस सम्बन्धमा जैन सोशल वेलफेयर अर्गनाइजेसनका सदस्य विनय जैनले कोरोना संक्रमणलाई ध्यानमा राखेर आज शिविरको माध्यमद्वारा साधारण मानिसहरूलाई कोरोनाको खोप लगाइएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *