जैन सोशल वेलफेयर सोसाइटीको पहलमा स्वास्थ्य जाँच तथा निःशुल्क टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढीको समाजसेवी संस्था जैन सोशल वेलफेयर सोसाइटीको पहलमा तथा सिलगढी नगरनिगमको सहयोगमा स्वास्थ्य जाँच तथा निःशुल्क टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमको 6 नम्बर वार्डस्थित राजेन्द्र प्रसाद स्कुलमा आयोजना गरिएको उक्त शिविरमा धेरैजना मानिसहरूले ब्लड सुगर, प्रेसर, हेमोग्लोबिन तथा आँखा जाँच गराए। यसको साथै नगरनिगमको सहयोगमा 600 जना मानिसले कोरोना भ्याक्सिनको पहिलो तथा दोस्रो खोप लगाए। उक्त शिविरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार लगायत अन्य उपस्थित थिए। यस अवसरमा संस्थाका सभापति बचराज बोथराले भने, सिलगढीका विभिन्न संस्थाको सहयोगमा स्वास्थ्य जाँच शिविर तथा सिलगढी नगरनिगमको सहयोगमा 600 जना मानिसहरूलाई निःशुल्क कोरोनाको भ्याक्सिन लगाएको बताए। आवश्यकमन्द मानिसहरूको सेवा गर्नु आफूहरूको लक्ष्य रहेकोले आज एउटा शिविरको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *