जैविक पद्धतिद्वारा उत्पादित फुलकोपीको ओजन 10 किलो

सिलगढी : जैविक पद्धतिद्वारा फुलकोपीको खेती गरेर उत्तरबंग विश्वविद्यालयको सेन्टर अफ् फ्लोरिकल्चर एन्ड एग्रो बिजनेस म्यानेजमेन्ट (कोफाम)-ले ठुलो सफलता प्राप्त गरेको छ। संस्थाका एकजना अधिकारीले जैविक पद्धतिले पुरानो माटो एवम् जैविक मलको प्रयोग गरेर फुलकोपीको उत्पादन गरिएको बताए। उक्त उत्पादित एउटा फुलकोपीको ओजन लगभग 9-10 किलोग्राम रहेको छ। यो फुलकोपी खाँदा मानिसहरूलाई कुनै प्रकारको हानि नहुने साथै यो फुलकोपी बजारमै पाइने फुलकोपीको झैँ मूल्य रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *