जलपाईगढी सहरमा हात्तीको आतङ्क, मानिसहरू भयभीत

जलपाईगढी : जलपाईगढी सहरमा आज बिहान दुईवटा हात्ती पसेर उत्पात मच्चाएकोले इलाकावासी आतङ्कित बन्न पुगेको छ। प्राप्त जानकारीअनुसार आज बिहान लगभग 3 बजी दुईवटा हात्ती जलपाईगढी सहरमा पसेर यहाँको विश्वबङ्ग्ला कोभिड अस्पतालको देवाल भत्काइदिएको छ। यसपछि उक्त हात्ती करला नदी संलग्न एउटा झाड़ीमा आश्रय लिएको बताइएको छ। घटनाको खबर पाएर वन विभागका उच्च अधिकारी तथा एलिफेन्ट स्क्वाडका कर्मीहरू घटनास्थलमा पुगे। यसको साथै जलपाईगढी वन विभागका डीएफओ मृदुल कुमार स्थितिको निरीक्षण गर्न घटनास्थलमा पुगे। उक्त दुईवटा हात्तीमाथि हाल वन विभागले नजरदारी गरिरहेको छ भने आज साँझसम्म दुवै हात्तीलाई जङ्गलतिर लखेट्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *