जलदापाड़ा राष्ट्रिय उद्यानमा कठोर सुरक्षा व्यवस्था

सिलगढी : जलदापाड़ा राष्ट्रिय उद्यानमा लगातार 5 वटा गैँडा मरेपछि यसलाई लिएर वन विभाग चिन्तित बनेको छ। एन्थ्राक्स रोगको कारण यी गैँडाहरू मरेको बताइएको छ। उक्त एन्थ्राक्स रोग गाई-गोरूबाट फैलिने गर्दछ। यसैले जलदापाड़ा राष्ट्रिय उद्यानको सीमामा वन विभागको तर्फबाट कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। राष्ट्रिय उद्यान सलंग्न वनबस्ती तथा गाउँबाट गाई-गोरू जलदापाड़ा राष्ट्रिय उद्यानमा प्रवेश गर्न नसकोस् भन्ने उद्देश्य लिएर कठोर व्यवस्था अप्नाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *