जलदापाडामा हात्ती पुजाको आयोजना

अलिपुरद्वार (निसं): विश्वकर्मा पुजाको दिन जलदापाडामा हात्ती पुजाको आयोजना गरियो। आज विश्वकर्मा पुजाको अवसरमा जलदापाडा वन विभागको तर्फबाट मदारीहाटमा प्रशिक्षित हात्तीको पुजा गरियो। यस अवसरमा जलदापाडा डीएफओ सन्दीप कुमार बेरियल मुख्य रूपमा उपस्थित थिए। जलदापाडा वन विभागको तर्फबाट शालकुमार इलाकामा हात्तीको पुजा गरियो। आज बिहान प्रशिक्षित हात्तीहरूलाई नुहाइदिएपछि सजाएर पुजा अर्चना गरियो। यसपछि हात्तीहरूलाई विभिन्न प्रकारको फलहरू खुवाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *