जलेको नानीको सहयोग गर्न अघि आयो तृणमूल

सिलगढी : सरस्वती पुजाको दिन साथीहरूसँग पुजामा अञ्जलि दिन गएकी 5 वर्षीय सिउली चक्रवर्ती आगोको चपेटमा परेर जलेपछि आशंकाजनक अवस्थामा तिनलाई उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो। आर्थिक अवस्था कमजोर भएको कारण उक्त बालिकाको उपचार गर्न परिवारका सदस्यहरू असमर्थ रहेकोले डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेसका सदस्यहरूले पीडित बालिकाको सहयोग गर्न अघि आएका छन्। आज संगठनका सभापति गौतम गोस्वामीलगायत अन्य पीडित बालिका सिउलीको भोला मोडको जामुटीभियास्थित घरमा पुगेर तिनको उपचारको सबै खर्च वहन गर्ने वाचा गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *