जलेको नानीको सहयोगमा अघि आयो टोटो संगठन

सिलगढी : फुलबारी 1 नम्बर भालोबासा मोड बासिन्दा सहदेव चक्रवर्तीको साढे चार वर्षीय सानो छोरी सिउली चक्रवर्ती गत 4 दिनअघि आगोले जलेपछि उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेको थियो। नर्थ बेङ्गल टोटो ड्राइभर एन्ड वेलफेयर एसोसिएसनले उक्त बालिकाको सहयोग गर्ने सबैलाई अपील गरेको छ। उक्त संगठनले पीडित परिवारलाई सक्दो सहयोग गर्ने साथै यस सम्बन्धी ब्यानर लिएर साधारण मानिसहरूलाई पनि उक्त बालिकाको सहयोग गर्ने तिनीहरूले अपील गरेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *