जाली नोट व्यवसायको आरोपमा सिक्किम र सिलगढीका तीन युवक पक्राउ

गुवाहटी:  असमको राजधानी गुवाहटीस्थित हिलेम थाना अन्तर्गत एनएच 15-को टोकोबारीमा भारतीय जाली नोटको व्यवसायमा सङ्लग्न रहेको आऱोपमा पुलिसले सिक्किमका दुईजना अनि सिलगढ़ीका एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिक्किमका हिङदाम निवासी 25 वर्षीय राबीन राई र गेजिङ निवासी 44 वर्षीय सुबास राई अनि सिलगढी भक्तिनगर निवासी उदय थापा सामेल रहेका छन्।


पुलिस सूत्रले दिएको जानकारी अनुसार पुलिसले पक्रा पर्नेहरूबाट पाँच सयको 14 वटा जाली नोट अनि 3.32 लाख भारतीय सक्कली रुपियाँ पनि उद्धार गरेको छ। पुलिसले तिनीहरूलाई हिजो साँझमा गुवाहटीबाट पक्राउ गरेको बताइएको छ। पक्राउ गरेपछि तिनीहरूसित सोधखोज गर्दा यी तीनजना आरोपीहरूले आफुहरू जाली नोट किन्नको लागि गुवाहटी आएको कुरा स्वीकार गरेको पुलिस सूत्रले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *