जल जीवन मिसन अन्तर्गत जल परियोजनाको क्षेत्रीय सभासद सतिश पोखरेलले गरे शिलान्यास

बिजनबारी: बिजनबारीको रेलिङ ग्राम पञ्चायत अधिनस्थ लोवर रेलिङमा आज एउटा कार्यक्रमबीच जल जीवन मिसन अन्तर्गत जल परियोजनाको क्षेत्रीय सभासद सतिश पोखरेलले शिलान्यास गरे। उक्त पिउने पानीको परियोजना लगभग 60 लाख रूपियाँ बराबरको लागतमा बनिने भएको छ। शिलान्यास कार्यक्रममा आज सभासद सतिश पोखरेल लगायत विभागीय अधिकारी गुलसन तामाङ (पीएचई विभाग,बिजनबारी), ठेकादार बिजय प्रधान तथा गाउँलेहरूको विशेष उपस्थिति रहेको थियो। उक्त पिउने पानीले यस क्षेत्रका पाँचवटा गाउँका मानिसहरूले सुविधा पाउने छन् भने गाउँवासीले क्षेत्रीय सभासद् सतिश पोखरेल अनि सम्बन्धित विभाग, ठेकादारलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *