जलमग्न इलाकाहरूको विधायक शिखा च्याटर्जीद्वारा निरीक्षण

सिलगढी : प्रत्येक वर्ष वर्षाको समयमा सिलगढीको अशोकनगर, सुकान्तपल्ली, लेकटाउन लगायत यसको छेउछाउको इलाका जलमग्न हुने गरेकोले इलाकावासीहरूले निक्कै समस्याको सामना गर्न परिरहेको छ। डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले आज उक्त इलाकाहरूको निरीक्षण गरेपछि समस्याको चाँडै समाधान गरिदिने आश्वासन दिएकी छन्। यसको साथै यहाँको घर-घरको कुवामा कीटनाशक दवाई पनि छर्कियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *