जल निकासी व्यवस्था राम्रो नभएकोले घरहरूमा पानी पसेपछि गाउँलेहरूद्वारा पथ अवरोध गरेर क्षोभ प्रकट

सिलगढी : वर्षाले गर्दा सिलगढी नगरनिगमको 24 नम्बर वार्ड अन्तर्गत देवाशीष कोलनी इलाका बारम्बार जलमग्न हुने गरेकोले स्थानीय मानिसहरूले आज सड़क अवरोध गरेर क्षोभ प्रकट गरे। स्थानीय मानिसहरूको आरोप अनुसार पानी पर्नसाथ फुलेश्वरी नदीको पानी इलाकाको घरहरूमा पस्ने गर्दछ। उक्त इलाकामा जल निकासी व्यवस्था राम्रो छैन। पार्षद प्रतुल चक्रवर्तीले आज इलाकाको निरीक्षण गरे तापनि उक्त समस्याको समाधानको लागि कुनै पहल नगरेपछि स्थानीय मानिसहरूले पार्षदविरुद्ध क्षोभ प्रकट गरे। स्मरण रहोस्, केही दिन अघि वर्षाको कारण इलाकाको घरहरूमा पानी जमेको थियो। यसपछि आज फेरि इलाका जलमग्न भएको छ। यसैले आज स्थानीय मानिसहरूले पथ अवरोध गरेर विक्षोभ प्रकट गरे। अर्कोतिर, सिलगढी नगरनिगमको डेपुटी मेयर रञ्जन सरकारले भने, अत्याधिक वर्षाले गर्दा हाल नगरनिगमको विभिन्न इलाका जलमग्न बनेको छ। सिलगढी नगरनिगम र बोरो अफिस सबैको साथमा रहेको छ। पीडित मानिसहरूको लागि खानेको व्यवस्था गरेको छ भने कन्ट्रोल रूम खोलिएको छ। हामी मानिसहरूको साथमा छौँ। जलमग्न इलाकाहरूबाट पानी निकालने प्रयास गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *