जल निकासी व्यवस्था नभए पछि पस्दैछ आकाशको पानी घरभित्र, स्थानीय मानिसहरूद्वारा पथ अवरोध

सिलगढी: जल निकासी व्यवस्था सटीक नभएको कारण अलि-अलि पानी पर्न साथ आकाशको पानी घरभित्र पस्ने गर्दछ। वर्षाको मौसममा पानी जमिने साथै फाँसीदेवाको महिपाल, नेमुटारी र ग्वालटुली सहित अन्य केही इलाकाको मानिसहरूले धेरै समस्या झेल्न परिरहेको गुनासो रहेको छ। वर्षाको पानी निकाल्नको लागि बीडीओ कार्यालयमा बारम्बार अभियोग दर्ता गर्दा पनि कुनै पाइदा नभएको तिनीहरूको भनाई रहेको छ। यसैले आज स्थानीय मानिसहरूले फाँसीदेवाको ग्वालटुली मोड़को 31डी राष्ट्रीय राजमार्गमा पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। अर्कोतिर, पथ अवरोध पछि सड़क जामको समस्या देखा पऱ्यो। घटनाको खबर पाउन साथ फांसीदेवा पुलिस र घोषपुकुर ट्राफिक घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गर्ने प्रयास गरेको देखियो। यस अवधि प्रदर्शनकारीहरूले पुलिसलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। तथापि, पुलिसद्वारा आश्वासन पाएपछि प्रदर्शनकारीहरूले पथावरोध हटाए।  हरिदास सिंह नामक एकजना स्थानीय निवासीले बताए अनुसार समस्याको समाधान नभए आगामी दिनमा फेरि पथ अवरोध गरिने भएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *