जल निकासी व्यवस्था नभएकोले गाउँलेहरूले पक्का सड़क काटेर बनाए नाली

राजगञ्ज: राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत छोटो सीतागढी गाउँ जलमग्न बनेकोले लगभग 20 परिवार समस्यामा परेका छन्। उक्त इलाकामा जल निकासी व्यवस्था नभएकोले गर्दा गाउँलेहरूले जल जमाउबाट छुटकारा पाउनको लागि गाउँको पक्का सड़क काटेर नाली बनाएको छ। छोटो सीतागढी गाउँका मानिसहरूको भनाइ अनुसार धेरै वर्ष अघिदेखि वर्षा हुनसाथ इलाकामा पानी जम्ने गर्दछ। यस वर्ष पनि गत तीन दिनदेखि गाउँको लगभग 20 घर जलमग्न बने तापनि हालसम्म पञ्चायत सदस्य उक्त इलाकाको निरीक्षणमा आएका छैनन्।


यसैले बाध्य भएर गाउँलेहरूले पानी निकाल्नको लागि पक्का सडक काटेर नाली बनाएको बताइएको छ। यसले गर्दा सड़कमा ट्राफिकको समस्या उत्पन्न भए तापनि कुनै उपाय छैन। यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य सन्जीत दासले बताएअनुसार एउटा कल्भर्ट बनाउनको लागि ग्राम पञ्चायतमा एक्सन प्लान दिएको छ। तथापि, उक्त गाउँमा जमेको पानी निकाल्ने व्यवस्था गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *