जलपाईगढी सहरमा सुङ्गुर पक्रिने अभियान

जलपाईगढी : जलपाईगढी सहरमा डेङ्गुलगायत अन्य रोगहरू रोकथाम गर्ने उद्देश्य लिएर जलपाईगढी नगरपालिकाले जतासुकै छोडेको सुङ्गुरहरू पक्रिने अभियान शुरू गरेको छ। जलपाईगढी 8 नम्बर वार्डका विभिन्न ठाउँमा आज नगरपालिका कर्मीहरूले सुङ्गुर पक्रिने अभियान चलाएको बताइएको छ। जलपाईगढी नगरपालिका चेयरम्यान-इन-काउन्सिलर सैकत च्याटर्जीले आज अचानक उक्त अभियान चलाएको बताइएको छ। यसबारे सैकत च्याटर्जीले बताएअनुसार हाल विश्वभरि नै केरोना भाइरसको आतङ्कले सबै मानिसहरू आतङ्कित बन्न पुगेका छन्। सुङ्गुरले यस्ता विभिन्न प्रकारको भाइरस फैलाउने हुनाले आफूहरूले उक्त अभियान चलाएको साथै उक्त अभियान लगातार चलिरहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *