जलपाईगढी 25 नम्बर वार्ड पार्षदको निधन

जलपाईगढी : जलपाईगढी नगरपालिकाको 25 नम्बर वार्ड पार्षद परिमल मालोदासको हृदयाघातको कारण निधन भयो। प्राप्त जानकारीअनुसार बुधबार परिमल मालोदास अस्वस्थ्य भएपछि तिनका परिवारका सदस्यहरूले तत्कालै जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा लगे। यसपछि तिनलाई जलपाईगढीको एउटा निजी अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले मृत घोषित गरिदिए। आज बिहान जलपाईगढीको थाना मोड़स्थित राष्ट्रिय कांग्रेस कार्यालय राजीव भवनमा तिनको पार्थिव शरीर लगियो जहाँ जलपाईगढी जिल्ला भाजपा अध्यक्ष बापी गोस्वामी, माकपा नेता तथा पूर्व सांसद जीतेन दास, माकपा नेता सलील आचार्यलगायत अन्य नेता एवम् साधारण मानिसहरूले फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.