जलपाईगढी आइपुगेका केन्द्रीय वाहिनीका जवानहरूले शुरू गरे रूट मार्च

जलपाईगढी आउँदो विधानसभा चुनाउको मिति घोषणा हुन अगावै केन्द्रीय वाहिनीका जवानहरू जलपाईगढी आइपुगेका छन्। केन्द्रीय वाहिनीका जवानहरूले आज बिहानैदेखि जलपाईगढी सदर ब्लकको गड़ालबारी ग्राम पञ्चायतको संवेदनशील इलाकामा रूट मार्च शुरू गरे। उक्त इलाकामा आज 148औँ बटालियनका जवानहरूले पनि गस्ती गरे। जलपाईगढी सहर संलग्न सतीश लाहिड़ी उच्च विद्यालयमा रहेका केन्द्रीय वाहिनीका जवानहरूले गड़ालबारी ग्राम पञ्चायतको शोभारहाट, बगिराबारी लगायत प्रधानपाडा इलाकामा रूट मार्च गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *