जलपाईगढीमा भाजपा-को विक्षोभ र्‍यालीलाई रोकिदियो पुलिसले

जलपाईगढी : बंगालमा राजनीतिक हिंसा, भाई-भतिजावाद र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै भाजपाले आवाज उठाएको छ। गणतन्त्र बचाऊँ-को नारा लगाउँदै अन्य ठाउँहरूमा झैँ यता जलपाईगढीमा पनि जलपाईगढी जिल्ला भाजपाका सदस्यहरूले धरना प्रदर्शन गरे। जलपाईगढी जिल्ला भाजपाका सदस्यहरूले धरना प्रदर्शन गर्नअघि तिनीहरूलाई पुलिसले रोकेपछि भाजपाका सदस्य र पुलिसमाझ हातापाई भएको बताइएको छ। उक्त प्रदर्शनकारीहरूले पुलिसको ब्यारिकेड भत्काउने प्रयास गरेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *