जलपाईगढी डीबीसी रोडमा एटीएम भत्काएर रुपियाँ लुट्ने प्रयास

जलपाईगढी : जलपाईगढी डीबीसी रोडमा रहेको एउटा राष्ट्रकृत ब्याङ्कको एटीएम भत्काएर रुपियाँ लुट्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति केही दुष्कृतिहरूले एटीएम भत्काएर रुपियाँ लुट्ने प्रयास गरेको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले इलाकामा रहेको एटीएम भत्केको अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ। अर्कोतिर, घटनापछि स्थानीय व्यवसायीहरूले इलाकामा पुलिसको टहलदारीको माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *