जलपाईगढी जिल्ला पुलिसद्वारा पुजा कमिटीहरूलाई पुरस्कृत

जलपाईगढी : जलपाईगढी जिल्ला पुलिसको तर्फबाट यहाँको नगरपालिकाको प्रयास हलमा शारद सम्मान 2020 प्रदान गरियो। जिल्ला पुलिसको तर्फबाट पुजा अवधि सुरक्षा व्यवस्था, भीड नियन्त्रण, सेफ ड्राइभ सेभ लाइफ लगायत अन्य विविध विषयमा सरकारी नियमलाई सही ढङ्गमा पालन गरेकोमा पुजा कमिटीहरूलाई पुरस्कृत गरियो। दुर्गा पुजा अवधि सेफ ड्राइभ सेभ लाइफ-बारे मानिसहरूलाई जागरूक गराएकोमा जलपाईगढीको मिलन संघ (धुपगढी), उत्कृष्ट प्रदर्शनीको लागि जलपाईगढीको पातकाटा कोलनीस्थित अग्रणी संघ एवम् पुस्तकालय र बिन्नागढी डुवर्स स्पोर्टस दुर्गा पुजा कमिटीलाई सम्वर्द्धना जनाइयो। यसैगरी, बेस्ट क्राउड म्यानेजमेन्टको लागि आनन्द युथ क्लबलाई सम्वर्द्धना जनाइयो भने पुजा पण्डालमा सुरक्षाबारे विशेष ध्यान दिएकोमा बाबुपाडा दुर्गा पुजा कमिटी बेलाकोवा अनि पुजा अवधि राम्रो अनुशासन पालन गरेकोमा रामकृष्ण सारदा संघ मालबजारलाई पुरस्कृत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *