जलपाईगढी जिल्ला पुस्तक मेला 6 दिसम्बरदेखि शुरू

जलपाईगढी : आगामी 6 दिसम्बरदेखि 33औँ जलपाईगढी जिल्ला पुस्तक मेलाको आयोजना गरिने भएको छ। फणीन्द्रदेव विद्यालयको खेल मैदानमा उक्त पुस्तक मेलाको आयोजना गरिने भएको छ। आज जिल्लाशासक कार्यालयमा एउटा बैठक गरेर पुस्तक मेला सब कमिटीका प्रतिनिधिहरूको साथमा सांस्कृतिक कार्यक्रम उद्घाटन कार्यक्रम लगायत अन्य विविध विषयमा चर्चा परिचर्चा गरियो। जलपाईगढी जिल्ला पुस्तक मेला कमिटीका कार्यवाहक अध्यक्ष खगेश्वर रायले भने, कोभिड प्रोटोकललाई पालन गर्दै पुस्तक मेलाको आयोजना गरिनेछ। यस अवसरमा राजगञ्जका विधायक तथा कमिटीका कार्यवाहक अध्यक्ष खगेश्वर राय, अतिरिक्त जिल्लाशासक अश्विनी राय, जिल्ला पुस्तकालय अधिकारी सैकत गोस्वामी, नगर प्रशासक बोर्डका भाइस चेयरम्यान सैकत च्याटर्जी, कमिटीका संयुक्त सचिव अञ्जन दास लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *