जलपाईगढी जिल्लाशासक कार्यालयमा स्वास्थ्य विषयमा बैठक

जलपाईगढी : जलपाईगढी जिल्लाशासकको कार्यालयमा आज स्वास्थ्य समितिको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा जिल्लाशासक मौमिता गोदारा बसु, उत्तरबंगको जन स्वास्थ्य विषयक तथा एसडी डा. सुशान्त राय, जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. रमेन्द्रनाथ प्रामाणिक, पीएचई, पीडब्ल्युडी एडमिनिस्ट्रेसनका अधिकारीहरू उपस्थित थिए। बैठकको अन्तमा डा. सुशान्त रायले विभिन्न नगरपालिका इलाकामा कोरोना भ्याक्सिनलाई लिएर कुनै प्रकारको समस्या नरहेको बताए। नगरपालिकाको केही इलाकाहरूमा भ्याक्सिनलाई लिएर केही समस्याहरू देखापरेकोले अब चाँडै शिविरको व्यवस्था गरेर टीकाकरण गरिने तिनले बताए। जलपाईगढी जिल्लामा कोरोना भ्याक्सिनलाई लिएर कुनै समस्या नरहेको साथै यहाँको सबैजसो स्वास्थ्य केन्द्रहरूमा यसको उचित व्यवस्था गरिएको तिनले बताए। विशेष गरेर मटेली र बेलाकोवा स्वास्थ्य केन्द्रमा केही असुविधा रहेकोले त्यहाँ विकासको व्यवस्था गरिनु आवश्यक रहेको तिनले बताए। तिनले बताएअनुसार नानीहरूको निम्ति भ्याक्सिन लगाउनको लागि कुनै प्रकारको गाइड लाइन हालसम्म जारी नगरिएकोले गर्दा नै यसलाई लिएर कुनै निर्णय लिएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *