जलपाईगढी जिल्ला युवा तृणमूल महासचिव रूपम घोषद्वारा राजीनामा

राजगञ्ज : जलपाईगढी जिल्ला युवा तृणमूलका महासचिव रूपम घोषले तृणमूल पार्टीको आफ्नो पदबाट राजीनामा दिएका छन्। तिनी डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका महासचिव थिए भने केन्द्रका पर्यवेक्षक पनि थिए। तिनले तृणमूलका राज्य युवा अध्यक्ष अभिषेक ब्यानर्जी, पर्यटन मन्त्री गौतम देव, जलपाईगढी जिल्ला अध्यक्ष सैकत च्याटर्जी र तृणमूलका ब्लक अध्यक्ष देवाशीष प्रमाणिकलाई ईमेलको माध्यमद्वारा आफ्नो राजीनामा पत्र पठाए। रूपम घोषले पार्टी छोड़ेपछि तृणमूल कङ्ग्रेस विरुद्ध क्षोभ प्रकट गर्दै तृणमूल कङ्ग्रेसले 2011-मा साधारण मानिसहरूसित विभिन्न वाचाहरू गरेर राज्यको सत्तामा आए तापनि हालसम्म ती वाचाहरू पुरा नगरेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *