जलपाईगढीका प्रार्थी डा. प्रदीप कुमार बर्माको समर्थनमा युवा तृणमूलद्वारा र्‍यालीको आयोजना

जलपाईगढी : विधानसभा चुनाउलाई केन्द्र गरेर जलपाईगढी विधानसभा आसनका तृणमूल प्रार्थी डा. प्रदीप कुमार बर्माको समर्थनमा युवा तृणमूलले आज र्‍यालीको आयोजना गर्यो। प्राप्त जानकारीअनुसार आज जलपाईगढी सहरको पान्डापाडा पार्कमोडबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि समाजपाडामा पुगेर समापन गर्यो। उक्त र्‍यालीमा तृणमूल प्रार्थी डा. प्रदीप कुमार बर्मा, युवा तृणमूल जिल्ला सभापति सैकत चट्टोपाध्याय, सहर ब्लक तृणमूल सभापति तपन बन्दोपाध्याय लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *