जलपाईगढी केन्द्रीय संशोधनगारका एकजना कैदी कोरोना संक्रमित

जलपाईगढी : जलपाईगढी केन्द्रीय संशोधनगारमा आजीवन कारावासको सजाय काटिरहेका एकजना कैदीमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य विभाग अनुसार कैदीको शारीरिक समस्याको कारण गत 13 मईको दिन जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरे तापनि तिनको स्वास्थ्यमा कुनै सुधार नहुँदा तिनलाई गत 27 मईको दिन उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरेको थियो। यसपछि तिनको स्वाब संग्रह गरेर जाँचको लागि पठाएपछि आज रिपोर्ट पोजेटिभ आएको छ। अर्कोतिर, स्वास्थ्य विभागले कैदीको सम्पर्कमा आएका 6 जना सुरक्षा गार्डलाई होम क्वारेन्टाइनमा राखेको छ। आज जलपाईगढी जिल्लामा कोरोनाको 13 नयाँ मामिला अघि आएको छ। सबैलाई जलपाईगढी कोभिड अस्पतालमा पठाएको छ भने आज दुईजना रोगी स्वस्थ भएर घर फर्किआएका छन्। तीमध्ये एकजना आशा कर्मी र अन्य एकजना नर्सिङ छात्रा हुन् भनी डा. सुशान्त कुमार रायले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.